Kathmandu Press

म्याग्दीमा जिप दुर्घटना, दुईको मृत्यु

म्याग्दी, कात्तिक १५ : म्याग्दीको मालिका गाउँपालिका–२ रुममा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

दरवाङ बजारदेखि रुम जाँदै....

म्याग्दीमा जिप दुर्घटना, दुईको मृत्यु
फाइल

म्याग्दी, कात्तिक १५ : म्याग्दीको मालिका गाउँपालिका–२ रुममा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नम्बरको जिप शुक्रबार दिउँसो बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनामा परी ज्यान गुमाएका मालिका गाउँपालिका–२ का सकबहादुर विकको मात्रै पहिचान खुलेको छ।

मृतक अर्का एक जनाको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए।

जिपभित्र बसेका १५ जना सकुशल छन्। छतमा चढेका तीन जना जिप पल्टिँदा उछिट्टिएर सडकको डिलबाट भिरमा खसेको प्रहरीले जनाएको छ। रुखमा अड्किएका एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

उकालो बाटोमा जिप पछाडि घस्रिएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १६:५८ बजे, शुक्रबार, कात्तिक १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्