Kathmandu Press

किशोरीलाई एसिड छ्याप्ने अभियुक्त ६ वर्षपछि पक्राउ

काठमाडौं, कात्तिक १५ : किशोरीलाई एसिड छ्यापेर फरार भएका एक अभियुक्त  ६ वर्षपछि पक्राउ परेका छन्। 

मकवानपुरको हेटौँडा मेनरोडकी....

किशोरीलाई एसिड छ्याप्ने अभियुक्त ६ वर्षपछि पक्राउ

काठमाडौं, कात्तिक १५ : किशोरीलाई एसिड छ्यापेर फरार भएका एक अभियुक्त  ६ वर्षपछि पक्राउ परेका छन्। 

मकवानपुरको हेटौँडा मेनरोडकी बिन्दवासिनी कंशाकारलाई एसिड छ्याप्ने दिलिप केशरीलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो। केशरीले गत २०७० साल वैशाख ९ गते बिन्दवासिनीलाई एसिड प्रहार गरेर फरार भएका थिए।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा लुकेर बसेका केशरीलाई प्रहरीले पक्राउ गरेको थियो। अभियुक्त केशरीलाई जिल्ला प्रहरी कार्यालय मकवापनुरको हिरासतमा राखिएको छ। 
 

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, कात्तिक १५, २०७६