Kathmandu Press

कृष्णनगरमा दुई दिनदेखि कर्फ्यू, सहमतिका लागि प्रयास गरिँदै

कृष्णनगर, कात्तिक १५ : कपिलवस्तुको कृष्णनगरमा बिहीबारदेखि लगातएको कर्फ्यू आज पनि जारी रहेको छ। स्थिति सामान्य नबनेसम्म कर्फ्यू नहटाइने जनाएको छ।

....
कृष्णनगरमा दुई दिनदेखि कर्फ्यू, सहमतिका लागि प्रयास गरिँदै

कृष्णनगर, कात्तिक १५ : कपिलवस्तुको कृष्णनगरमा बिहीबारदेखि लगातएको कर्फ्यू आज पनि जारी रहेको छ। स्थिति सामान्य नबनेसम्म कर्फ्यू नहटाइने जनाएको छ।

लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा दुई पक्षबीच विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै गएपछि झडपको रुप लिएको थियो।

दुवै पक्षबीच तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले बिहीबार बिहानदेखि कर्फ्यू लगाएको थियो। कृष्णनगर भन्सार कार्यालयदेखि सात सय मिटर उत्तर, पश्चिमतर्फ सात सय मिटर र पूर्वतर्फ तीन सय मिटरको क्षेत्रमा कर्फ्यू लगाएको हो।

अर्को सूचना जानी नहुँदासम्म कर्फ्यू यथावत रहने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए।

बिहीबार कर्फ्यू उलंगन गरेको भन्दै प्रहरीले गोली चलाएको थियो। गोली लागेर सुरज पाण्डेको मृत्यु भएको थियो।

उनको शव पोस्टमार्टमका लागि तौलिहवास्थित जिल्ला अस्पतालमा राखिएको छ। पोस्टमार्टमपछि परिवारजनलाई बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच लक्ष्मीपूजाको मूर्ति भने बिहीबार राति विर्सर्जन गरिएको छ। विवाद साम्य पार्न दुवै पक्षबीच वार्ताका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: ११:४७ बजे, शुक्रबार, कात्तिक १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्