Kathmandu Press

महरालाई जवरजस्ती करणी गरेको अभियोगमा ७ बर्ष जेल सजायको माग

काठमाडौं, कात्तिक १४ : जिल्ला सरकारी वकिलको कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा बिहिबार जिल्ला अद....

महरालाई जवरजस्ती करणी गरेको अभियोगमा ७ बर्ष जेल सजायको माग

काठमाडौं, कात्तिक १४ : जिल्ला सरकारी वकिलको कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा बिहिबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ। 

संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अयिभोग उक्त मुद्दामा लगाइएको छ। मुद्दामा महरालाई ७ बर्ष जेल सजायमा मागदावी गरिएको छ। 
तत्कालीन सभामुख महराले संसद् सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा असोज १९ गते पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान सकेर कात्तिक ८ गते प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।

फौजदारी संहितामा १८ वर्षभन्दा बढी उमेर समूहकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म जेल सजाय हुने उल्लेख छ । ‘महराविरूद्ध करणी गर्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी छ । त्यसैले सो सजायको आधा साढे ३ देखि अर्थात् ५ वर्षसम्म जेल सजाय माग गर्ने छु, सरकारी वकील कार्यालयले दर्ता गरेको मुद्दामा उल्लेख छ। 

जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलोपटक १३ दिन, दोस्रोपटक ५ दिन र तेस्रोपटक सात दिन म्याद दिएको थियो ।

प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, कात्तिक १४, २०७६