Kathmandu Press

काठमाडौंको लप्सेफेदीमा बस दुर्घटनामा ३ जनाको मृत्यु, दुई दर्जन घाइते

काठमाडौं, कात्तिक १४ : सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काठमाडौंको लप्सेफेदीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। द....

 काठमाडौंको लप्सेफेदीमा बस दुर्घटनामा ३ जनाको मृत्यु, दुई दर्जन घाइते

काठमाडौं, कात्तिक १४ : सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काठमाडौंको लप्सेफेदीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामापरी २० भन्दा बढी यात्रुहरु घाइते भएका छन्।

आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुको अझै नाम खुलेको छैन। महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार घाइतेहरूको उद्धार गरिसकिएको छ र केहीवेरमा सबैको सनाखत हुदैछ। 
 

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, कात्तिक १४, २०७६