Kathmandu Press

प्रधानमन्त्रीको हेमोडाइलासिस गरिएको हो : डा. चक्रराज पाण्डे 

काठमाडौं, कात्तिक १४ः  ग्राण्डी अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।&nbs....

प्रधानमन्त्रीको हेमोडाइलासिस गरिएको हो : डा. चक्रराज पाण्डे 
फाइल फोटो

काठमाडौं, कात्तिक १४ः  ग्राण्डी अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ । 

अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका डा. चक्रराज पाण्डेले अस्पतालमा राखेर प्रधानमन्त्रीको हेमोडाइलासिस गरिएको र प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा. पाण्डेले भने, ‘प्रधानमन्त्रीको अवस्था सामान्य छ । बोल्न सक्ने र आवश्यक परे आफैं प्रेस मिट गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।’

डा. पाण्डेले आजै डिस्चार्ज गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘कतिबेला डिस्चार्ज गर्ने भन्ने समय भने तय भइसकेको छैन ।’

डा. पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘डाइलासिसपछि प्रधानमन्त्री निदाउनुभएकोले उहाँको निद्रा खुलेपछि सल्लाह गरेर आजै डिस्चार्ज गर्छौं ।’ 

डा. पाण्डेका अनुसार, प्रधानमन्त्रीको रगतको ‘प्यारोमिटर’ हेरेर अर्को डायलिस गर्ने या नगर्ने निर्णय उपचारमा संलग्न चिकित्सकहरुले लिनेछन् ।
 

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, कात्तिक १४, २०७६