प्रधानमन्त्रीको मिर्गाैला डायलासिस सम्पन्न भयो, अहिले ठीकै छ भन्नुभयो : प्रचण्ड
काठमाडौं, कात्तिक १४ः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गर....
काठमाडौं, कात्तिक १४ः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको पुष्टि गरेका छन् ।
प्रधानमन्त्रीलाई भेट्न बिहीबार अपरान्ह /राजधानीकाे टाेखास्थित ग्राण्डी अस्पतालमा पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग भने, ‘भर्खर एउटा डायलासिस भएपछि रेष्ट गरेर डिस्चार्ज हुँदै हुनुहुन्छ । आज बालुवाटार जानुहुन्छ ।’
प्रचण्डले प्रधानमन्त्री ओलीसँग आफ्नो सामान्य कुराकानी भएको पनि जानकारी दिए । ‘समस्या छिटोछिटो देखा पर्यो, उहाँले अहिले ठीकै छ भन्नुभयो’, प्रचण्डले भने, ‘डायलासिस गरेपछि उहाँको स्थिति सामान्यतिर गइरहेको छ ।’
प्रधानमन्त्री ओलीसँग आफ्नो सामान्य कुराकानी भएको उनले सुनाए । ‘समस्या छिटोछिटो देखा र्पयो, अहिले ठीकै छ भन्नुभयो’, प्रचण्डले भने, डायलासिस गरेपछि उहाँको स्थिति सामान्यतिर गइरहेको छ ।’
प्रधानमन्त्री ओली बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् । बुधबार र बिहीबार दुई पटक उनको मिर्गौलाको डायलासिस गरिएको अस्पताल स्रोतले बताएको छ । उनको निजी सचिवालय र अस्पतालले नियमित स्वास्थ्य परीक्षण मात्र भएको दाबी गर्दै आएको छ । प्रचण्डले भने डायलासिसको पुष्टि गरेका छन्।






