Kathmandu Press

जेठ २० बाट मण्डलामा ‘चोरको स्वर’

काठमाडाैं,  जेठ  १७ : स्ट्रगल (प्रयास बान्तवा राई) को छिमेकी गाउँमा बिहेको माहोल छ । बिहे भोजका लागि उनीसहित उनको टोली पनि त्यहाँ...
जेठ २० बाट मण्डलामा ‘चोरको स्वर’

काठमाडाैं,  जेठ  १७ : स्ट्रगल (प्रयास बान्तवा राई) को छिमेकी गाउँमा बिहेको माहोल छ । बिहे भोजका लागि उनीसहित उनको टोली पनि त्यहाँ गएका छन् । बिहे भोजमा मस्त–व्यस्त छन्, उनीहरू । बेला–बेला सोल्टिनीसँग थोरबहुत हसिमजाक पनि चलिरहेको छ।

स्ट्रगल जुरुक्क उठेर आफ्नो बहिनी (कान्छी)लाई खोज्न थाल्छ । भोजमासँगै आएकी बहिनी हराउँदा सोही गाउँको कसैले भगाएकोे अनुमान उनीसहित उनको टोलीको हुन्छ ।

कान्छीको खोजीमा दुई गाउँबीच द्वन्द्व सुरु हुन्छ । द्वन्द्व साम्य हुने क्रममा छ, बहिनी नभेट्दा स्ट्रगल आक्रोसितसँगै केही विचलित पनि छ । ‘मैले घरमा बुबाआमालाई के जवाफ दिने ?’ चिन्तित स्वरमा उसले भन्छ ।

यो दृश्य जेठ २०बाट मण्डला थिएटरमा मञ्चन हुने नाटक ‘चोरको स्वर’को एक अंश मात्र हो ।

लिम्बु समुदायमा भगाएर लैजाने वैवाहिक परम्परा आधारित यस नाटकको निर्देशन अन्वेष थुलुङ राई र अनिल सुब्बाले गरेका हुन् । नाटकलाई आर्टमाण्डु प्रोडक्टसनको प्रस्तुति रहेको नाटकको कथा नवीन चौहानले लेखेका हुन्।

निर्देशक राईका अनुसार, लिम्बु समुदायमा केटाले केटीलाई भगाइ लगिसके पछि केटा पक्षबाट ‘हजुरको छोरीचेली हाम्रो साथमा छ, हाम्रो केटोले भुल गरिहाल्यो तर, उसले केटीलाई माया गरेर, खुसीसाथ राखेको छ’, भनी केटा पक्ष भद्र भलाद्मीसहित कुटुम्ब नाता जोड रीतसहित केटी पक्षमोमा जाने चलनलाई नै चोरको स्वर भनिन्छ।

केटी वा माइती पक्षले ‘चोरको स्वर’ स्वीकार गरिसकेपछि लिम्बु संस्कार अनुसार रीतसहित विवाहअघि बढ्ने पनि उनले बताए।

नाटकमा निर्देशक अनिल सुब्बासहित रुपेश लामा, प्रयास बान्तवा राई, रेश्मा लिम्बु, सुनील तामाङ, उदय लिम्बु, प्रतिना राई, लक्ष्मी योङहाङ, संगीता थापामगर, बेदना राई, इँगिहोपो कोइँच, रमिता राई, नुशा लिङदेनलगायतको अभिनय देख्न सकिनेछ।

प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्