महरामाथिकाे अभियोग पत्र तयार, जबर्जस्ती करणी उद्योगमा पाँच वर्षसम्म जेल माग गरिने
काठमाडौं, कात्तिक १४ः सरकारी वकील कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध जबर्जस्ती करणी उद्योगमा अभियोगपत्र तयार पारेको छ ।
प्रहरीले तयार पार....
काठमाडौं, कात्तिक १४ः सरकारी वकील कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध जबर्जस्ती करणी उद्योगमा अभियोगपत्र तयार पारेको छ ।
प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।
तत्कालीन सभामुख महरा संसद् सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा असोज १९ गते पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान सकेर कात्तिक ८ गते प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।
सरकारी वकील कार्यालयको महरामाथिको अभियोगपत्र आजै काठमाडौं जिल्ला अदालतमा दायर गर्ने तयारी छ ।
फौजदारी संहितामा १८ वर्षभन्दा बढी उमेर समूहकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म जेल सजाय हुने उल्लेख छ । ‘महराविरूद्ध करणी गर्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी छ । त्यसैले सो सजायको आधा साढे ३ देखि अर्थात् ५ वर्षसम्म जेल सजाय माग गर्ने छ', सरकारी वकील कार्यालय स्राेतले भन्याे ।
अदालतमा अभियोगपत्र पेस गरेपछि महरामाथि अदालतमा थुनछेकको बहस सुरु हुने छ । थुनछेक बहस आजै सकिए साधारण तारेखमा छुट्ने, धरौटी तिरेर छुट्ने वा पुर्पक्षका लागि जेल चलानमध्ये एउटा आदेश हुनेछ ।
जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलोपटक १३ दिन, दोस्रोपटक ५ दिन र तेस्रोपटक सात दिन म्याद दिएको थियो ।






