Kathmandu Press

धादिङमा बोलेरो दुर्घटना, २३ यात्रु घाइते

धादिङ, कात्तिक १४ : दक्षिणी धादिङको गजुरी गाउँपालिका–२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बोलेरो दुर्घटना भएको छ। दुर्घटनामा २३ यात्रु घाइते....

धादिङमा बोलेरो दुर्घटना, २३ यात्रु घाइते

धादिङ, कात्तिक १४ : दक्षिणी धादिङको गजुरी गाउँपालिका–२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बोलेरो दुर्घटना भएको छ। दुर्घटनामा २३ यात्रु घाइते भएका छन्।

बिहीबार ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो दुर्घटना भएको हो। दुर्घटनामा २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।

उनीहरुलाई उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा भर्ना गरिएको छ। बोलेरोमा ३० जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बोलेरो कच्ची सडकबाट खोलामा खसेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन। क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, कात्तिक १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्