Kathmandu Press

भारतमा तीन मजदुरको हत्या आरोपमा नेपाली युवक पक्राउ

काठमाडौं, कात्तिक १४ : भारतको पिथौरागढस्थित सिलौल मडमा तीन नेपाली मजदुरको हत्या गरेको आरोपमा नेपाली युवकनै पक्राउ परेका छन्।

कात्तिक ८ गते ब....

भारतमा तीन मजदुरको हत्या आरोपमा नेपाली युवक पक्राउ
फाइल फोटो

काठमाडौं, कात्तिक १४ : भारतको पिथौरागढस्थित सिलौल मडमा तीन नेपाली मजदुरको हत्या गरेको आरोपमा नेपाली युवकनै पक्राउ परेका छन्।

कात्तिक ८ गते बैतडीको पुर्चौडी नगरपालिका–५ हदतोलीका हरिश बोहरा, उनका भाइ वीरा बोहरा र पुर्चौडी–४ भटना तडीखेतीका काशि बोहराको हत्या भएको थियो। उनीहरुको धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो। तीनै जनाको लिंग काटिएको थियो।

घटनाको अनुन्धान रहेको भारतीय प्रहरी टोलीले मन्सुयारीबाट बैतडीको पुर्चौडी नगरपालिका–५ कै धनबहादुर बोहरालाई पक्राउ गरेको हो। उनले हत्यागरेको स्वीकारेको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ।

उनीहरू चारै जना सँगै काम गर्दै आएका थिए। मदिरा सेवन गरेको वेला विवाद भएको प्रहरीको भनाइ छ। त्यही विवादमा धनबहादुरले तीनै जनाको हत्या गरेको स्वीकारेको भारतीय प्रहरीले जनाएको छ।

घटनामा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ। उनलाई शुक्रबार अदालतमा पेश गरिँदै छ।

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, कात्तिक १४, २०७६