Kathmandu Press

प्रहरीकाे गोली लागेर स्थानीयको मृत्यु, कृष्णनगरमा कर्फ्यू

कृष्णनगर, कात्तिक १४ : लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने विषयमा उत्पन्न विवाद बढ्दै गएपछि कपिलवस्तुको कृष्णनगरमा गोली चलेको छ। तनाव बढेपछि कर्फ्यू ल....

प्रहरीकाे गोली लागेर स्थानीयको मृत्यु, कृष्णनगरमा कर्फ्यू

कृष्णनगर, कात्तिक १४ : लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने विषयमा उत्पन्न विवाद बढ्दै गएपछि कपिलवस्तुको कृष्णनगरमा गोली चलेको छ। तनाव बढेपछि कर्फ्यू लगाइएको छ।

मूर्ति बिसर्जन गर्नका लागि रुटको विषयलाई स्थानीय बासिन्दाबीच विवाद भएको थियो। बुधबारदेखि सुरू भएको विवादले झडपको रुप लिएको हो।

दुवै समूहबीच झडप भएपछि प्रहरी परिचालन गरिएको थियो। प्रहरीसँग पनि झडप भएको जनाएको छ।

झडपका क्रममा गोली चलेको छ। गोली लागेर स्थानीय सुरज पाण्डेको मृत्यु भएको जनाएको छ। गोली लागेर घाइते भएका सुरजलाई स्थानीय मन्नत क्लिनिकमा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको क्लिनिकका डा.दीलिपकुमार अग्रहरीले बताए।

स्थानीय युवकको मृत्यु भएपछि कृष्णपुर झन तनावग्रस्त बनेको छ। तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कफ्र्यू लगाएको हो। आज बिहान ११ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, कात्तिक १४, २०७६