Kathmandu Press

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ६२ यात्रुको मृत्यु

काठमाडौं, कात्तिक १४ : पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी भएको छ। आगलागीमा ६२ जनाको मृत्यु भएको रेडियो पाकिस्तानले जनाएको छ।

ग्यास सिलिन्डर ....

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ६२ यात्रुको मृत्यु

काठमाडौं, कात्तिक १४ : पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी भएको छ। आगलागीमा ६२ जनाको मृत्यु भएको रेडियो पाकिस्तानले जनाएको छ।

ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको जनाएको छ। पाकिस्तानको राजधानी कराँचीबाट रावलपिन्डीतर्फ गइरहेको तेजगाम एक्सप्रेस रेल लिक्वातपुर नजिक आगलागी भएको जनाएको छ।

रेडियो पाकिस्तानका अनुसार, मृत्यु हुनेको संख्या ६२ पुगेको छ। मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन।  मृत्यु हुनेहरुमा बालबालिका र बृद्धबृद्धा धेरै रहेको जनाएको छ।

आगलागीमा कयौं घाइते भएका छन्। उनीहरुको बहावल भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ। केही सिकिस्त रहेको जनाएको छ।

आगलागीमा रेलका तीन डब्बा जलेका छन्। आगो नियन्त्रणमा आएकाले थप क्षति हुनबाट जोगिएको जनाएको छ।

आगलागी नियन्त्रण र उद्धारका लागि सेना परिचालन गरिएको छ।

प्रकाशित मिति: १२:०२ बजे, बिहीबार, कात्तिक १४, २०७६