Kathmandu Press

बग्दादी बसेको घरमा यसरी गरिएको थियो आक्रमण (भिडियोसहित)

काठमाडौं, कात्तिक १४ : स्लामिक स्टेट (आईएस) प्रमुख अबु बकर अल बग्दादीलाई मार्न अमेरिकी सेनाले आक्रमण सुरू गर्दाको भिडियो सार्वजनिक गरिएको छ। आज बिहान ....

बग्दादी बसेको घरमा यसरी गरिएको थियो आक्रमण (भिडियोसहित)
एजेन्सी

काठमाडौं, कात्तिक १४ : स्लामिक स्टेट (आईएस) प्रमुख अबु बकर अल बग्दादीलाई मार्न अमेरिकी सेनाले आक्रमण सुरू गर्दाको भिडियो सार्वजनिक गरिएको छ। आज बिहान अमेरिकी सेंट्रल कमांडका प्रमुख जनरल फ्रैन्क मैकेन्जीले ट्वीट गर्दै भिडियो सार्वजनिक गरेका हुन्।

भिडियोमा केही सैनिक बग्दादी बसेको घरमा आक्रमण गर्ने तयारी गरिरहेका देखिन्छन्।उनीहरुले दुई तर्फबाट आक्रमणको तयारी गरेका छन्। त्यसवेला जहाजबाट भिडियो खिचियोको छ।

 

अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख जनरल फ्रैन्क मैकेन्जीले आफ्नो सेनाको प्रशंसा गर्दै बग्दादी आक्रमणबारे जानकारी दिएका छन्। बग्दादी बसेको घरमा रहेका बालबालिकालाई सुरक्षित बाहिर निकालेपछि मात्रै बमबारी गरेको जनाएका छन्।

अमेरिकी सेनाले आक्रमण गरेपछि उनी सुरुङ भित्र पसेको जनाएको छ। अमेरिकी सेनाको कुकुरले सुरुङभित्रै लेखेटेपछि बग्दादीले आत्मघाती विस्फोट गरेका थिए। त्यसमा बग्दादीसहित दुई बालकको मृत्यु भएको जनाएको छ। मृत्यु भएका बालक १२ वर्षमूनिका रहेको जनाएको छ।

बग्दादी बसेकाे घर।

शनिबार साँझ अमेरिकी सेनाले उत्तर पश्चिमी सीरियाको इदलिब प्रान्तको बारिशा गाउँमा बग्दादी बसेको घरमा आक्रमण गरेको थियो। यसमा उनी बसेको घर विस्फोट गराएर उडाएको थियो। त्यहाँ घरको निसान मात्रै बाँकी राखिएको छ।

उनी मारिएपछि शव समुद्रमा गाडिएको अमेरिकी सेनाले जनाएको छ। युद्धको अन्तर्राष्ट्रिय अनुसार नै २४ घण्टाभित्रै समुद्रमा गाडिएको अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख जनरल मैकेन्जीले जनाएका छन्।

अमेरिकी सेनाले आक्रमण गर्नु अघिकाे बग्दादी बसेकाे घर (बाँया) र आक्रमणपछि घरकाे निसान।

उनी मारिएको पुष्टि गर्न अमेरिकी सेनाले ल्याब नै बोकेर गएको जनाएको छ। त्यसमा चिकित्सकहरु पनि त्यही लगिएको थियो।

सन् २०१४ मा बग्दादीको डीएनएको नमुना लिइएको थियो। बग्दादीलाई थाहै नदिने गरी सुराकीमार्फत नमुना लिइएको थियो।

त्यही नमुनासँग बग्दादी मारिएपछि डीएनएन मिलाइएको जनाएको छ। त्यसमा उनी मारिएको पुष्टि भएको अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख जनरल मैकेन्जीले जनाएका छन्।

प्रकाशित मिति: ११:२२ बजे, बिहीबार, कात्तिक १४, २०७६