Kathmandu Press

घर आएकै दिन कुटपिट गरेर श्रीमतीको हत्या

धरान, कात्तिक १४ : सुनसरीको धरान–१५ खोरिया बस्तीका एक युवकले कुटपिट गरेर श्रीमतीको हत्या गरेका छन्।

खोरिया बस्तीका अर्जुन राईले गएराति....

घर आएकै दिन कुटपिट गरेर श्रीमतीको हत्या

धरान, कात्तिक १४ : सुनसरीको धरान–१५ खोरिया बस्तीका एक युवकले कुटपिट गरेर श्रीमतीको हत्या गरेका छन्।

खोरिया बस्तीका अर्जुन राईले गएराति ८ बजे श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ। बीना केही समयदेखि धरान–५ पानवारी माइतीघरमा बस्दै आएकी थिइन्। उनी बुधबार मात्रै खोरिया बस्ती आएकी थिइन्।  

प्रहरी टोलीले गएराति साढे ११ बजे भाग्दै गरेको अवस्थामा अर्जुनलाई सेउतीखोला पुल नजिकबाट पक्राउ गरेको छ।

हत्याको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए। अर्जुनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको उनले बताए।

 

प्रकाशित मिति: १०:३८ बजे, बिहीबार, कात्तिक १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्