Kathmandu Press

भक्तपुरमा एकैसाथ सात पुस्तक विमोचन, साहित्य र सङ्गीततर्फ उत्कृष्टलाई पुरस्कृत

भक्तपुरमा एकैसाथ सात पुस्तक विमोचन, साहित्य र सङ्गीततर्फ उत्कृष्टलाई पुरस्कृत

भक्तपुर, जेठ १५ : कुतः पिकाक प्रकाशनले आज भक्तपुरमा एकैसाथ विभिन्न विधामा प्रकाशन भएका सातवटा पुस्तकलाई एउटै मञ्चबाट विमोचन गरेको छ। समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाको न्हाय्कं, जिज्ञासा र म्हमस्यूम्ह मनू, आख्यानकार मथुरा साय्मीको महाअभियान, कथाकार पशुपतिमान पःमांको नेवाः वाउँभतु र मलखं कःगु छेँ तथा पूर्ण ताम्राकारको कवि सुन्दर मधिकर्मी नामक पुस्तक विमोचन गरिएको हो। विमोचित पुस्तकहरुमध्ये महाअभियानलाई अङ्ग्रेजी, नेपाली तथा नेपालभाषामा प्रकाशन गरिएको छ।

कार्यक्रममा निबन्धकार पूर्णराम मुनंकर्मीलाई नगद ५० हजारसहित कुतः राजदास साहित्य पुरस्कार प्रदान गरिएको छ। मुनकर्मीले लेख्नुभएको अनुसन्धानमूलक किताब संवत् सन्दर्भ छगू दुवालाका लागि उक्त पुरस्कार प्रदान गरिएको हो।

Hardik ivf

त्यस्तै नगद १० हजारसहित कुतः राजदास साहित्य प्रोत्साहन पुरस्कार क्रमशः उपन्यास डा रीना तुलाधर, कथाकार पशुपतिमान पःमां, हाइजिन मोक्षबहादुर अमात्य तथा समालोचक अपर्णा प्रधानलाई प्रदान गरिएको छ। पुरस्कारका लागि ४१ वटा किताबलाई सहभागी भएकामा उत्कृष्ट पाँचजना साहित्यकारहरुको किताब पुरस्कारमा छनोटमा परेको थियो।

नेपालभाषा एकेडमीका महासचिव डा पुष्पराज राजकर्णिकार र समालोचक पूर्ण ताम्राकारले प्रतियोगितामा सहभागी गराइएका किताबहरुलाई मूल्याङ्कन गरेका थिए।

कार्यक्रममा आख्यानकार मथुरा साय्मी, सङ्गीततर्फ जनगायक रामकृष्ण दुवाल र साहित्यतर्फ साहित्यकार विमल ताम्राकारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। केमिकल इन्जिनियर तथा भाषासेवी राजदास श्रेष्ठले पुरस्कारका लागि राशि जुटाइएकाे कार्यक्रममा बताइएको छ।

कार्यक्रममा कवयित्री प्रतिसरा साय्मी, साहित्यकार रामेश्वर भुजु, वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गः, तिलक प्रकाश कायस्थ, अगिब बनेपाली, महेन्द्रगोपाल कर्माचार्य, डा इन्दुल केसी, कृष्णभक्त बोडे, योगेन्द्र प्रधान, त्रिरत्न शाक्य, ध्रुव मधिकर्मी, प्रकाश सक्व, विजयरत्न असंबरे, ऋषिप्रसाद श्रेष्ठ, सत्यनारायण मानन्धर, विष्णु केशरी ताम्राकार, पञ्चवीर सिंह तुलाधरलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्