Kathmandu Press

आर्यनको फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक

काठमाडौं, कात्तिक १३ : नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ।

साम्तेन भुटियाले निर्देशन गर....

आर्यनको फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक

काठमाडौं, कात्तिक १३ : नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ।

साम्तेन भुटियाले निर्देशन गरेको फिल्म हङकङ रिटन्र्स गरेका दुई युवाको जीवनमा एउटा कितावले ल्याउने उतारचढावको विषयवस्तु उठान गरिएको छ। 

फिल्म आर्यनसँगै नायिकाको भूमिकामा मिरुना मगरले अभियन गरेकी छिन्। भोलाराज सापकोटा पनि मुख्य भूमिकामा देख्न सकिने यो फिल्म आउँदो मंसिर ६ गते रिलिज मिति तोकिएको छ।

सार्वजनिक ट्रेलरमा फिल्म कमेडीले भरिपूर्ण भएको देख्न सकिन्छ। हिमाली दृश्यको देख्न सकिने यस फिल्मले कस्तो प्रभाव पार्ने हो त्यो भने हेर्नै बाँकी छ।

फिल्ममा माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ल लगायतका कलाकारको अभिनय छ। एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता अमृत घोले लामा हुन्। 

हेर्नुस् ट्रेलर :

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, कात्तिक १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्