प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य छ, आजै डिस्चार्ज हुन सक्नुहुन्छ: रक्षामन्त्री पोखरेल (अपडेट)
काठमाडौं, कात्तिक १३ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य चेकजाँचका लागि अस्पताल भर्ना भएका छन्।
बुधबार बिहान स्वास्थ्यमा समस....
काठमाडौं, कात्तिक १३ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य चेकजाँचका लागि अस्पताल भर्ना भएका छन्।
बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि प्रधानमन्त्री ओली ग्रान्डी इन्टरनेश्नल अस्पतालमा भर्ना भएका हुन्। अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए।
स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किने क्रममा अस्पताल परिसरमा पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओली सामान्य स्वास्थ्य चेकजाँचका लागि अस्पताल भर्ना भएका्े बताए। ‘प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ र सायद आजै साँझसम्म डिस्चार्ज हुनुहुन्छ,’ उनले भने।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार नै अस्वस्थ महसुस गरेका थिए। नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखिएको छ।






