राप्रपा अध्यक्ष कमल थापाको स्वास्थ्य सुधारोन्मुख
काठमाडाैं, कात्तिक १३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
पिडौँला र तिघ्रामा समस्या ....

काठमाडाैं, कात्तिक १३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
पिडौँला र तिघ्रामा समस्या भई ढाड दुखेका कारण अस्वस्थ्य भएका अध्यक्ष थापाको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
कात्तिक ८ गते आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए।
दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्य भई खेल छाडेका थिए। उनी कात्तिक १४ गते स्वदेश फर्किने बर्तौलाले जानकारी दिए।
प्रकाशित मिति: १५:४३ बजे, बुधबार, कात्तिक १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











