Kathmandu Press

प्रतिमाले ल्याइन् मुटुको कप्टेरो

काठमाडाैं, जेठ १४ : गायिका प्रतिमा केसीले नयाँ गीत ‘मुटुको कप्टेरो’ बजारमा ल्याएकी छिन्। आशा टिभी युट्युब च्यालनमार्फत सार्वजनिक भएको गीतमा प्रतिमालाई वीरेन्द्र...
प्रतिमाले ल्याइन् मुटुको कप्टेरो

काठमाडाैं, जेठ १४ : गायिका प्रतिमा केसीले नयाँ गीत ‘मुटुको कप्टेरो’ बजारमा ल्याएकी छिन्। आहा टिभी युट्युब च्यालनमार्फत सार्वजनिक भएको गीतमा प्रतिमालाई वीरेन्द्र चन्द ‘बेहोसी’ले साथ दिएका छन्।

मुटुको कप्टेरो विष्णु भट्टले लेखेका हुन् भने संगीत पनि उनकै रहेको छ। ओम सुनारले एरेन्ज गरेको गीतमा विशाल निरौलाले मिक्सिङ र मास्टिरिङ गरेका छन्।

Hardik ivf

ऋषि बरालले निर्देशन गरेको गीत भिडियोमा जिबी चिरण, कृतिका केसी र रुवि श्रेष्ठले अभिनय गरेका छन्। दीपक गिरीले खिचेको भिडियो आयुष्मान सापकोटाले सम्पादन गरेका हुन्।

गायिका केसीले यसअघि भन्देउ हजुर, माया लाइसको, फसल पाक्यो है, संसारको चाललगायत गीत ल्याइसकेकी छिन् भने ‘रिमझिम, राधाप्यारी, लजाएर लुकी लुकी’ गीत उनी बजारमा ल्याउने तयारीमा छिन्।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्