नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल
काठमाडौं, कात्तिक १३ : नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले यस....
काठमाडौं, कात्तिक १३ : नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि उपकप्तान रहेका मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो। पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नवनिर्वाचित क्यानको कार्यसमितिले मल्ललाई कप्तान तोकेको हो।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले अर्को निर्णय नभएसम्मका लागि कप्तानको जिम्मेवारी मल्ललाई दिइएको जानकारी दिए।
दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) माथिको निलम्बन ससर्त फिर्ता लिने निर्णय गरेपछि गत असोज २८ गते पारस खड्काले कप्तानबाट राजीनामाको घोषणा गरेका थिए।
प्रकाशित मिति: १५:१८ बजे, बुधबार, कात्तिक १३, २०७६
थप समाचार






