बसले ठक्कर दिँदा घाइते युवकको मृत्यु
भक्तपुर, कात्तिक १३ : बसले ठक्कर दिँदा घाइते भएका एक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ।
गएराति व्यासीतर्फ आउँदै गरेको बा ४ ख ६०७ नम्बरक....

भक्तपुर, कात्तिक १३ : बसले ठक्कर दिँदा घाइते भएका एक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ।
गएराति व्यासीतर्फ आउँदै गरेको बा ४ ख ६०७ नम्बरको बसले भक्तपुर नगरपालिका–१० कमलबिनायमा काभ्रेको डाँडाबारीका विकास तामाङ र सूर्य विनायक नगरपालिका–७ गुण्डुका १८ वर्षीय विशाल तामाङलाई ठक्कर दिएको थियो। बसले ठक्कर दिएपछि पैदल हिडिरहेका उनीहरु घाइते भएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका विकासको उपचारका क्रममा आज मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते विशालको उपचार भइरहेको छ। उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।
बस चालक बलराम ज्याखोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १४:२७ बजे, बुधबार, कात्तिक १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











