प्रधानमन्त्री बिरामी, ग्रान्डी अस्पतालको आईसीयूमा भर्ना
काठमाडौं, कात्तिक १३ : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। उनलाई आज बिहान ग्रान्डी ईन्टरनेस्नल अस्पताल भर्ना गरिएको छ।
बालुवा....
काठमाडौं, कात्तिक १३ : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। उनलाई आज बिहान ग्रान्डी ईन्टरनेस्नल अस्पताल भर्ना गरिएको छ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार नै अस्वस्थ महसुस गरेका थिए। उनका निजी चिकित्सकले हेरिरहेका थिए। आज अप्ठ्यारो महसुस गरेपछि धापासीस्थित ग्रान्डी ईन्टरनेस्नल अस्पताल भर्ना गरिएको हो।
प्रधानमन्त्री ओलीलाई बिहानै ग्रान्डी अस्पताल लगिएको हाे। उनकाे अहिले आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यायले भने नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको जनाएका छन्। उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।
यस अघि प्रधानमन्त्री ओलीकाे सिंगापुरमा उपचार गरिएकाे थियाे। उनकाे १२ वर्ष अघि मिर्गाैला प्रत्याराेपण गरिएकाे थियाे।
जसले गर्दा स्वास्थ्यमा समस्या आएपछि साउन र भदाैमा दुई पटक सिंगापुर गएर उपचार गराएका थिए।






