Kathmandu Press

खोटाङमा बस दुर्घटना, १४ यात्रु घाइते

खोटाङ, कात्तिक १३ : खोटाङको दिक्तेलबाट विराटनगर जाँदै गरेको बस कामीडाँडामा दुर्घटना भएको छ। दुर्घटनामा १४ यात्रु घाइते भएका छन्।

जिल्ला प्रह....

खोटाङमा बस दुर्घटना, १४ यात्रु घाइते

खोटाङ, कात्तिक १३ : खोटाङको दिक्तेलबाट विराटनगर जाँदै गरेको बस कामीडाँडामा दुर्घटना भएको छ। दुर्घटनामा १४ यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाडाँमा आज बिहान दुर्घटना भएको हो। बस सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये १२ जना गम्भीर छन्। दुई जना भने सामान्य घाइत रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वामदेव गौतमले बताए। घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको छ।

बस चालक जेवी तामाङ फरार रहेका छन्।

प्रकाशित मिति: ११:२० बजे, बुधबार, कात्तिक १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्