स्कुल बनाउन देउसीभैलोबाट २८ लाख संकलन
गलेश्वर, कात्तिक १३ : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख, तल्लो शिख, फलाटे, स्वाँत र किन्दुबाट पोखरामा बसोबास गर्दै आएका व्यक्तिले विद....
गलेश्वर, कात्तिक १३ : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख, तल्लो शिख, फलाटे, स्वाँत र किन्दुबाट पोखरामा बसोबास गर्दै आएका व्यक्तिले विद्यालय निर्माणका लागि देउसीभैलो खेलेका छन्।
उनीहरुले साझा संस्था ‘शिख्तानी पुन समाज पोखरा’मार्फत देउसीभैलो खेलेका हुन्। देउसीभैलोबाट २८ लाख सङ्कलन गरिएको संस्थाका अध्यक्ष बलबहादुर तिलिजा पुनले बताए।
यो रकमबाट गाउँमा विद्यालय निर्माण गरिने जनाएको छ। ‘देउसीभैलोबाट संकलन भएको रकम गाउँमै खर्च गरिनेछ,’ उनले भने।
उनका अनुसार, म्याग्दीको शिखगाउँमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ।
प्रकाशित मिति: ११:०५ बजे, बुधबार, कात्तिक १३, २०७६
थप समाचार






