खुम्बु क्षेत्रमा बेलायती पर्यटकको मृत्यु
सोलुखुम्बु, कात्तिक १३ : खुम्बु क्षेत्रको भ्रमणमा आएका एक बेलायती नागरिकको मृत्यु भएको छ।
बेलायती नागरिक ५४ वर्षीय जोसेफ क्रिस्टोफर खुम्बु क....
सोलुखुम्बु, कात्तिक १३ : खुम्बु क्षेत्रको भ्रमणमा आएका एक बेलायती नागरिकको मृत्यु भएको छ।
बेलायती नागरिक ५४ वर्षीय जोसेफ क्रिस्टोफर खुम्बु क्षेत्रको भ्रमणका लागि कात्तिक ७ गते आएका थिए। उनी मंगलबार हिमालयन चेन रिसोर्टमा बसेका थिए।
उनको मंगलबार राति सुतेकै अवस्थामा मृत्इु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको शव कामठाडौं पठाएको छ।
काठमाडौंमै पोस्टमार्टम गरिने जनाएको छ। पोस्टमार्टम पछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १०:५२ बजे, बुधबार, कात्तिक १३, २०७६
थप समाचार






