Kathmandu Press

‘कबड्डी–४’ आजबाट सिनेमा हलमा,  मल्टिप्लेक्समा केजीएफलाई भन्दा धेरै शो 

काठमाडौं, जेठ १३ : प्रतिक्षित चलचित्र ‘कबड्डी–४’ आजबाट हलमा रिलिज भएको छ । चलचित्र ‘कबड्डी–४’ मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाउने चलचित्र बनेको छ...
‘कबड्डी–४’ आजबाट सिनेमा हलमा,  मल्टिप्लेक्समा केजीएफलाई भन्दा धेरै शो 
Hardik ivf

काठमाडौं, जेठ १३ : प्रतिक्षित चलचित्र ‘कबड्डी–४’ आजबाट हलमा रिलिज भएको छ । चलचित्र ‘कबड्डी–४’ मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाउने चलचित्र बनेको छ ।

यो चलचित्रले ‘केजीएफ च्याप्टर–२’ले भन्दा धेरै शो पाएको हो । ‘केजीएफ च्याप्टर–२’ले क्यूएफएक्समा ८० शो पाएको थियो भने काठमाडौंमा सुरुमा ९८ वटा शो दिएको क्यूएफएक्समा शो बढ्ने क्रम जारी रहेको निर्माण पक्षले जनाएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, वुद्दि तामाङ मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: ०७:२८ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्