लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ सार्वजनिक
काठमाडौं जेठ १२ : लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ । उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।...
काठमाडौं जेठ १२ : लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ ।
उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा अभिनय गायक सिवाकोटी आफैले गरेका छन् ।
हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । जर्मनमा बसोबास गर्दे आएका गायक सिवाकोटीले यूरोपको विभिन्न देशमा आफ्नो प्रस्तुति दिइसकेका छन् । उनले ‘तिम्रो मेरो प्रेम कहानी,’ ‘म त मान्छे सिधा साधा,’ ‘प्यारी छोरी न बचाउन सके,’ ‘हे माया’ जस्ता थुप्रै गीतमा स्वर दिएका छन् ।
बिबेक लामा तामाङले छायांकन तथा निर्देशन गरेको म्युजिक भिडियोमा गायक तुलसी र रन्जितालाइ फिचर्ड गरिएका छन् ।
प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












