Kathmandu Press

नेपाल सम्वतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा देओस् : प्रधानमन्त्री ओली

काठमाडौं,  कात्तिक १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन्। 

नेपाल सम्वतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा देओस् : प्रधानमन्त्री ओली

काठमाडौं,  कात्तिक १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन्। 

नेपाल सम्वत ११४० को अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल सम्वत मौलिक सम्वत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरेका छन्। 

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्,‘नेपाल सम्वतले  हामीलाई परोपकार तर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस्।’ नेपाल सम्वतका प्रवर्तक शंखधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनको योगदानको कदर गर्दै राष्ट्रिय विभूती घोषणा गरिएको उल्लेख गरेका छन्। 

शंखधर शाख्वाले गरिबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो सम्वत् सुरु गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यसको सुरुवात जसरी विपन्ता विरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको र त्यही अभिप्रायलाई पछ्याउँदै विपन्ता विरुद्ध, गरिबी विरुद्धको लड्न नेपाल सम्वतको नयाँ वर्षले मद्दत पु¥याउने  बताएका छन्। 

‘हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत पुर्‍याओस्। म सबैमा  हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ।
 

प्रकाशित मिति: ०८:३७ बजे, मंगलबार, कात्तिक १२, २०७६