कैलालीमा एक युवककाे हत्या
टीकापुर, कात्तिक १२ : कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा एक जनाको हत्या भएको छ।
स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही....
टीकापुर, कात्तिक १२ : कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा एक जनाको हत्या भएको छ।
स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।
घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पुर्याउना साथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
मानसिक सन्तुलन अलि गुमाएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेको बताइएको छ। घटनापछि उनी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०८:२१ बजे, मंगलबार, कात्तिक १२, २०७६
थप समाचार






