Kathmandu Press

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

राजविराज, कात्तिक ११ : सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

....
सप्तरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
फाइल फोटो

राजविराज, कात्तिक ११ : सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी सप्तकोशी नगरपालिका–१ नयाँ बजारका ३५ वर्षीय राजेश शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प ५२७ नम्बरको मोटरसाइकल सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा दुर्घटना भएको थियो। 

सोही मोटरसाइकल दुर्घटनामा परी चालक सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलिया बस्ने अन्दाजी २६ वर्षीय दिपेशकुमार गोजेवार घाइते भएको प्रहरी उपरीक्षक तिलक भारतीले बताए। 

दुर्घटनामा परी उनको टाउको फुटेको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई उपचारका लागि स्थानीय पोली क्लिनिक फत्तेपुरमा भर्ना गरिएको  छ। मोटरसाइकललाई प्रहरी चौकी फत्तेपुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, कात्तिक ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्