Kathmandu Press

अनुप बरालको ‘दोख’ असार २४ मा रिलिज हुने

काठमाडौँ, जेठ ११ : निर्देशक अनुप बरालको ‘दोख’ नामक चलचित्र असार २४ बाट नेपालभर प्रदर्शन हुने भएको छ। बुधबार चलचित्र टिमले नयाँ पोस्टर सार्वजनिक...
अनुप बरालको ‘दोख’ असार २४ मा रिलिज हुने

काठमाडौँ, जेठ ११ : निर्देशक अनुप बरालको ‘दोख’ नामक चलचित्र असार २४ बाट नेपालभर प्रदर्शन हुने भएको छ। 

बुधबार चलचित्र टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो।

Hardik ivf

चलचित्रमा दीया मास्के,  मनीष निरौला, माओत्से गुरुङ, रोयदीप, सजन थापामगरलगायतको भूमिका रहेको छ।

सशस्त्र द्वन्द्वकालको परिवेशमा बनेको यस चलचित्रका निर्माता सविन ज्ञवाली र मनोज अधिकारी हुन्।

चलचित्रको ‘रातैले बुन्छ’ बोलको गीत यसअघि नै युट्युबमार्फत सार्वजनिक भइसकेको छ।  
 

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्