देउसीभैलो टोली चढेको ट्याक्टर दुर्घटना, १५ घाइते
गुल्मी, कात्तिक ११ : देउसीभैलो खेल्न टोली चढेको ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन् भने चारजनाको अवस्था गम्भीर रहेको छ।
....
गुल्मी, कात्तिक ११ : देउसीभैलो खेल्न टोली चढेको ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन् भने चारजनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काका अनुसार, इस्मा गाउँपालिका–६ बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। देउसीभैलो खेल्ने टोली चढेको वेला दुर्घटना भएको एसपी खड्काले बताए।
दुर्घटनामा परेर इस्मा गाउँपालिका–६ बुल्मका ४० वर्षीय भुपेन्द्र कुमाल, २३ वर्षीय पदम कुँवर, १२ वर्षीय शेरे कुमाल र २९ वर्षीय प्रेम कुमाल गम्भीर घाइते रहेका छन्। उनीहरुको पाल्पामा उपचार भइरहेको एसपी खड्काले बताए। अन्य सामान्य घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।