Kathmandu Press

धनचक्करको ट्रेलर सार्वजनिक (भिडियो) 

काठमाडौं, जेठ १० : फिल्म धनचक्करको ट्रेलर सार्वजनिक भएको छ । मंगलबार एक कायक्रम गर्दै निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।जितेन्द्र राजोपाध्याय...
धनचक्करको ट्रेलर सार्वजनिक (भिडियो) 

काठमाडौं, जेठ १० : फिल्म धनचक्करको ट्रेलर सार्वजनिक भएको छ । मंगलबार एक कायक्रम गर्दै निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

जितेन्द्र राजोपाध्याय निर्देशित फिल्म असार १० गतेदेखि दशैभर प्रदर्शन हुँदैछ । युवाहरुको सपनालाई कसरी घनचक्करमा पारिन्छ भन्ने विषयमा फिल्म केन्द्रित छ । फिल्ममा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका छ । 

Hardik ivf

उनीहरुसँगै शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा, ममता प्रधानका साथै थिएटरबाट उदाएका जेबी डिसीको पनि अभियन छ । करुणा अर्याल र संगम भट्टले निर्माण गरेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् भने सम्पादन मित्र डी गुरुङ गरेका छन्। 

फिल्मको कथा अर्जुन सिंहले लखेका हुन् भने पटकथा/संवाद कागी लिम्बूले लखेका हुन्। अस्ट महर्जनले द्वन्द्व निर्देशन गरेको फिल्ममा कोरियोग्राफरका रुपमा प्रदीप श्रेष्ठ र सिमोन राजवंशी रहेका छन्।

प्रकाशित मिति: २०:४० बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्