Kathmandu Press

दीपावली गर्न बालेको दीयोबाट आगलागी, बालकको जलेर मृत्यु

मोरङ, कात्तिक ११ : दीपावली गर्न बालेको दीयोबाट आगलागी हुँदा मोरङको पथरी शनिश्चरे नगरपालिका–५ कोठेबारीमा एक बालकको मृत्यु भएको छ।

गएरात....

दीपावली गर्न बालेको दीयोबाट आगलागी, बालकको जलेर मृत्यु

मोरङ, कात्तिक ११ : दीपावली गर्न बालेको दीयोबाट आगलागी हुँदा मोरङको पथरी शनिश्चरे नगरपालिका–५ कोठेबारीमा एक बालकको मृत्यु भएको छ।

गएराति साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी भएको हो। आगलागी हुँदा उनका चार वर्षीय छोरा युसनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। प्रहरीका अनुसार, सुतिरहेका युसनको घटनास्थलमै मृत्यु भएको हो।

आगलागीमा घर जलेर नष्ट भएको छ। घरभित्र रहेको सरसामान र गरगहना पनि जलेको छ। नगद ९५ हजार रुपैयाँ, तीन तोला सुनका गहना, तीनतोला चाँदीका गहना, लत्ता कपडा जलेको प्रहरीले जनाएको छ।

आगलागीको खबर पाएपछि कुशेचौरी प्रहरी चौकीबाट प्रहरी टोली गएको थियो। प्रहरी स्थानीय बासिन्दा राति ११ बजे मात्रै आगो निभाउन सफल भएका थिए।

 

प्रकाशित मिति: ११:२६ बजे, सोमबार, कात्तिक ११, २०७६