Kathmandu Press

दाजुभाइसहित तीन नेपाली मजदूरको भारतमा हत्या

बैतडी, कात्तिक ११ : भारतको पिथौरागढमा दुई दाजुभाइसहित तीन नेपाली मजदूरको हत्या भएको छ।

बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय....

दाजुभाइसहित तीन नेपाली मजदूरको भारतमा हत्या
अमर उजाला

बैतडी, कात्तिक ११ : भारतको पिथौरागढमा दुई दाजुभाइसहित तीन नेपाली मजदूरको हत्या भएको छ।

बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र उनका भाइ  २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए।

‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ,’ बोहराले भने। उनीहरुको कात्तिक ८ गते हत्या भए जनाएको छ। हरे बोहराकी श्रीमती किर्रा वेपत्ता छिन्।

उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए। शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ।

बीरा केही महिना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएका थिए। उनी पनि उतै मजदूरी गर्दै आएका थिए। हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन।

प्रकाशित मिति: १०:११ बजे, सोमबार, कात्तिक ११, २०७६