Kathmandu Press

सरकारको बद्नाम गर्नेको प्रतिवाद गर्न प्रचण्डको आह्वान

काठमाडौं, कात्तिक १० : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बद्नाम गर्नेहरू प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरेका छन्।

सरकारको बद्नाम गर्नेको प्रतिवाद गर्न प्रचण्डको आह्वान

काठमाडौं, कात्तिक १० : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बद्नाम गर्नेहरू प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरेका छन्।

आइतबार नेपाल सम्बतको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको बद्नाम गर्न खोजेको आरोप लगाए। परिवर्तनका विरोधलाई कम्युनिष्टको एकता र सरकार मन नपरेको उनको भनाइ थियो। ‘हाम्रो राष्ट्रका निम्ति राजनीतिक स्थायित्व जरुरी छ र तपाईंहरूले यस्ता प्रवृत्तिविरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्न अपिल गर्छु,’ प्रचण्डले भने।

राजतन्त्रको अन्त्य गर्न काठमाडौंका जनता निर्णायक भएको उनको जिकिर थियो। परिवर्तनका विरोधी जनतामा भ्रमण सिर्जना गराउन खोजिरहेको उनको आरोप थियो।

नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ।’

अध्यक्ष प्रचण्डले नेपाल संंवत्लाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवत्का रूपमा लैजानुपर्ने औल्याए। आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको उनको भनाइ थियो।

प्रकाशित मिति: १२:४५ बजे, आइतबार, कात्तिक १०, २०७६