दुई करोड ६७ लाख रुपैयाँसहित २५ जुवाडे पक्राउ
काठमाडौं, कात्तिक १० : दुई करोड ६७ लाख रुपैयाँसहित २५ जना जुवाडे पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका–३ पीपलमार्गस्थित विक्रम गौतमक....
काठमाडौं, कात्तिक १० : दुई करोड ६७ लाख रुपैयाँसहित २५ जना जुवाडे पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका–३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले गएराति २५ जना जुवाडेलाई पक्राउ गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताए।
पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ र सुमन अग्रवाल रहेका छन्।
त्यस्तै, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर र अशोक श्रेष्ठ पनि पक्राउ परेका छन्।
प्रहरी टोलीले हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पनि पक्राउ गरेको छ। उनीहरुलाई कानूनअनुसार कारवाही गरिने जनाएको छ।






