प्रतिक्षित फिल्म ‘प्रेमगीत– ३’ घटस्थापनामा रिलिज हुने
काठमाडौं, जेठ ८ : बहुप्रतिक्षित नेपाली चलचित्र प्रेमगीत–३ बडा दशैँ अन्तर्गत घटस्थापनाको दिन रिलिज हुने भएको छ ।निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो...
काठमाडौं, जेठ ८ : बहुप्रतिक्षित नेपाली चलचित्र प्रेमगीत–३ बडा दशैँ अन्तर्गत घटस्थापनाको दिन रिलिज हुने भएको छ ।
निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्टर रिलिज गर्दै असोज ७ गते चलचित्र रिलिज मितिको घोषणा गरेका हुन् । आसुसेन फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस चलचित्रमा अभिनेता प्रदीप खड्का र नायिका क्रिस्टिना गुरूङ लिड रोलमा रहेका छन् । नायिका गुरूङको यो डेब्यु चलचित्र हो ।
चलचित्र दुई सयअघिको प्रेम कहानीमा आधारित छ । यस बाहेक, सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरूङ, प्रेम पुरी, मनिष रावल आदि कलाकारको मुख्य भूमिका रहेको छ । सेन र स्वर्गिय छेतेन गुरुङले निर्देशन गरेको चलचित्रको निर्माता सेन रहेका छन् । सफल सिक्वेल चलचित्रका रुपमा प्रेमगीत र प्रेमगीत–२ रुपमा दर्शकको रुचाएको थिए ।
प्रेमगीत–३ ले भने कस्तो सफलता पाउने त्यो भने चलचित्र रिलिज भए पछि नै थाहा हुनेछ । केही समय अघिमात्र हिन्दी भाषा पनि डब भएको यस चलचित्र नेपाल र भारत दुवै देशमा क्रमश रिलिज हुने भएको छ ।
भारतमा भने चलचित्र रिलिजको मितिका विषयमा वितरकसँग कुराकानी भइरहेको निर्माता सेनले बताए ।












