Kathmandu Press

ओली सरकारसँग देश विकासको स्पष्ट दृष्टिकोण र सपना छैनः कोइराला

भरतपुर, कात्तिक ९ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन्। 

<....
ओली सरकारसँग देश विकासको स्पष्ट दृष्टिकोण र सपना छैनः कोइराला
फाइल

भरतपुर, कात्तिक ९ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन्। 

नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने बताएका हुन्। प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उनले त्यो स्वतन्त्रतामा नै रहनु पर्ने बताए। 

अहिलेको सरकारले प्रेसलाई सङ्कुचित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले त्यसको आफू र आफ्नो पार्टीले निन्दा गर्ने बताए। उनले भने,‘नेपाली काङ्ग्रेसले जहिले पनि प्रेस स्वतन्त्रतालाई मुख्य उद्देश्यमा नै राख्ने गरेको छ।’ 

देश समृद्ध बनाउनका लागि विदेशमा रहेका ५० लाख रूपैयाँभन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै उनले नेपालमा अहिले भएका सबै विकास काङ्ग्रेसका पालामा भएको दाबी गरे।

महामन्त्री कोइरालाले नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको दुई तिहाइको सरकारसँग देश विकासका लागि स्पष्ट दृष्टिकोण र सपना नभएको बताए।  

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, कात्तिक ९, २०७६