धर्म र संस्कृति बचाउन सबैको योगदान आवश्यक : मन्त्री पण्डित
विराटनगर, कात्तिक ९ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धर्म र संस्कृतिलाई बचाउन सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बता....

विराटनगर, कात्तिक ९ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धर्म र संस्कृतिलाई बचाउन सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन्।
विराटनगर–२ तीनपैनी पूर्वमा निर्माण हुने चित्रगुप्त, छठीमाताको मन्दिर एवं सामुदायिक भवनको शनिबार शिलान्यास गर्दै उनले संस्कृति र धर्म हाम्रो परम्परा हो, यसको जगेर्नाबाट नै समाजलाई एकतामा बाँध्न सकिने बताए।
उनले नवनिर्माण हुने बहुतले सामुदायिक भवनको गुणस्तरीयतामा कमी आउन दिन हुँदैन भन्दै यो भवन हाम्रो धार्मिक र सामाजिक आस्थाको धरोहर हुने चर्चा गरे। उनले स्थानीय जनताले उत्साहका साथ मन्दिर निर्माणमा तीव्रता दिन आग्रह गर्दै संघीय सरकारले आवश्यक थप बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिए।
मन्त्री पण्डितले स्थानीय जनताका सहयोगले निर्माण हुन भवनबाट यस क्षेत्रका जनता लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए।











