पूर्वसभासद सुवेदीको निधन
काठमाडौं, कात्तिक ९ : तत्कालीन एमालेकी पूर्वसभासद कमला सुवेदीको निधन भएको छ।
ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद सुवेदीको ५० वर्ष....
काठमाडौं, कात्तिक ९ : तत्कालीन एमालेकी पूर्वसभासद कमला सुवेदीको निधन भएको छ।
ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद सुवेदीको ५० वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो। सुवेदी तत्कालीन नेकपा (एमाले) की केन्द्रीय सदस्यसमेत हुन्। उनको शनिबारै बिहान काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
सुवेदीको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए। रामेछापको मन्थली नगरपालिका–१ की सुवेदीका श्रीमान्, एक छोरी र एक छोरा छन्।
प्रकाशित मिति: १२:२० बजे, शनिबार, कात्तिक ९, २०७६
थप समाचार






