प्रधानमन्त्री ओली पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग भेट्दै
काठमाडाैं, कात्तिक ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने भएका छन्।
असंलग....

काठमाडाैं, कात्तिक ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने भएका छन्।
असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा अजरबैजानमा रहेका प्रधानमन्त्री ओलीले शनिबार अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले अजरबैजानका राष्ट्रपतिसँग पनि शनिबारै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शंकरदास वैरागीले जानकारी दिए।
प्रकाशित मिति: १२:१० बजे, शनिबार, कात्तिक ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार