Kathmandu Press

बरालको ‘मालामा नउनिएका फूलहरु’को विमोचन

काठमाडाैं, जेठ ८ : स्रष्टा डा. खगराज बरालको आत्मपरक निबन्ध  ‘मालामा नउनिएका फूलहहरु’ को विमोचन भएको छ।निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न...
बरालको ‘मालामा नउनिएका फूलहरु’को विमोचन

काठमाडाैं, जेठ ८ : स्रष्टा डा. खगराज बरालको आत्मपरक निबन्ध  ‘मालामा नउनिएका फूलहहरु’ को विमोचन भएको छ।

निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाउने बरालको सो कृति शनिबार विमोचित भएको हो।

Hardik ivf

शिखा बुक्स प्रालिले बजारमा ल्याएको यो पुस्तकको विमोचन प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्वसांसद डा. शोभाखर पराजुली, पूर्वसचिव किशोर थापा, नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेल र लेखक डा. बरालले संयुक्त रूपमा गरेका थिए। 

प्रा.डा. आचार्यले डा. बरालका निबन्धहरू विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीले पढ्नु सान्दर्भिक देखिएका भन्दै यस पुस्तकका निबन्धहरू हरेक व्यक्तिका लागि पठनीय र लाभप्रद भएको उल्लेख गरे।

कार्यक्रममा डा. पराजुलीले यो पुस्तक एकपटक मात्र होइन, पटकपटक पढ्दै जाँदा झन् नवीन सिकाइ थपिँदै जाने उनको भनाइ थियो।

पूर्वसचिव थापाले सरल भाषामा जीवनका भोगाइलाई डा. बरालले यसपूर्वका पुस्तकमा व्यक्त गरेको सन्दर्भ उल्लेख गरे।

कुल ३२४ पृष्ठको यो पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति: १२:३९ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्