तिहार मनाउन पुख्यौली घरमा पुगे उपराष्ट्रपति पुन
रोल्पा, कात्तिक ९ : उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आएका छन्। परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार....
रोल्पा, कात्तिक ९ : उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आएका छन्। परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएका हुन्।
पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जानकारी दिए। उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ।
उनी गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए। स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका आउनुभएका उपराष्ट्रपतिलाई स्थानीयले झाकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए।
आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिए।






