घुससहित इञ्जिनीयर पौडेल रंगेहात पक्राउ
बुटवल, कात्तिक ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहा....

बुटवल, कात्तिक ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ।
विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सब–इञ्जिनीयर पाैडेल पक्राउ परेको अख्तियारले जनाएको छ। यस्तै, रकम लिन मतियारका रुपमा प्रयोग गरिएका डोजर चालक बस्नेतलाई सेवाग्राहीबाट लिएको एक लाख बीस हजारसहित पक्राउ गरिएको आयोगले जनाएको छ।
सब–इञ्जिनीयर पौडेल शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत छन्। आयोगले दुवै अभियुक्तलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।











