बागलुङमा जीप दुर्घटना, दुईको मृत्यु
गलकोट, कात्तिक ९ : बागलुङको तमानखोला गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
तमानखोला गाउँपालिका–३ तमानदे....
गलकोट, कात्तिक ९ : बागलुङको तमानखोला गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
तमानखोला गाउँपालिका–३ तमानदेखि सोही गाउँपालिकाको वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप गएराति दुर्घटनामा परेको हो।
दुर्घटनामा परी तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।
पिकअप सडकदेखि करीब एक हजार २०० मिटर तल खसेको प्रहरी चौकी तमानखोलास्थित बोङ्गादोभान प्रहरी चौकीले जनाएको छ। यात्रु छाडेर फर्कदै गरेको जीप घुम्तीमा साँघुरो सडक भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।






