Kathmandu Press

‘योग दर्शन र प्राचीन चिकित्सा’ पुस्तक लोकार्पण

काठमाडाैं, जेठ ७ : अस्ट्रेलियामा रहेर लामो समयदेखि योग विज्ञानसम्बन्धी अनुसन्धान गर्दै आएका आचार्य राजन शर्माद्वारा लिखित ‘योग दर्शन र प्राचीन चिकित्सा’ पुस्तक...
‘योग दर्शन र प्राचीन चिकित्सा’ पुस्तक लोकार्पण

काठमाडाैं, जेठ ७ : अस्ट्रेलियामा रहेर लामो समयदेखि योग विज्ञानसम्बन्धी अनुसन्धान गर्दै आएका आचार्य राजन शर्माद्वारा लिखित ‘योग दर्शन र प्राचीन चिकित्सा’ पुस्तक लोकार्पण भएको छ।

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा योग तथा प्राकृतिक चिकित्साका विज्ञहरुले पुस्तकको लोकार्पण गरे। 

पुस्तकमा रोगअनुसारको योग, षट्कर्म, मुद्रा विज्ञान, आहार–विहार, कुण्डलनी जागरण, शरीरको प्रकृति स्वयम् पत्ता लगाउने विधि, आयुर्वेद र विरुद्ध आहारजस्ता विषय समेटिएको छ।

लेखक शर्माले योग अनुरागी, अनुसन्धानकर्ता, साधक, योग प्रशिक्षक, लेखक, गृहस्थी, रोगबाट ग्रसित बनेर उपचार खोजिरहेका र चिकित्सकका लागि पुस्तक उपयोगी हुने बताए। 

प्रकाशित मिति: १७:३९ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्