Kathmandu Press

५० लाख राशिको लोकस्टारको उपाधि शनि विश्वकर्माले जिते

काठमाडौं, कात्तिक ८ :  नेपालको पहिलो लोकस्टारको उपाधि शनि विश्वकर्माले पाएका छन्। एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियाल....

५० लाख राशिको लोकस्टारको उपाधि शनि विश्वकर्माले जिते

काठमाडौं, कात्तिक ८ :  नेपालको पहिलो लोकस्टारको उपाधि शनि विश्वकर्माले पाएका छन्। एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात जितेका छन्। 

शुक्रबार भृकुटिमण्डपस्थित खुला मैदानमा आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले प्रतिस्पर्धीलाई उछिनेर उपाधि चुमेका हुन् । प्रतिस्पर्धामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने तेस्रो उदयपुरका विनोद दनुवार भएको छन्। दनुवारले १० लाख नगद प्राप्त गरेका छन् । त्यसैगरी रामेछापका रामकुमार नेपालीले दुई लाखको सान्त्वना   पुरस्कार जितेका छन्। 

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम भएको आयोजको दावी छ। 

कार्यक्रमको ३६ औं शृंखलासम्म आउँदा प्रत्यक्ष रूपमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडले निर्णायकको भुमिका निर्वाह गरेका थिए । 

प्रकाशित मिति: २१:०५ बजे, शुक्रबार, कात्तिक ८, २०७६