अर्थमन्त्री खतिवडाको दाबी- डुइङ विजनेश इन्डेक्समा अर्को वर्ष ८० औँ स्थानमा उक्लिन्छौँ
काठमाडौं, कात्तिक ८ : अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायिक वातावरण सुधार गर्न नेपाल सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन्।
....
काठमाडौं, कात्तिक ८ : अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायिक वातावरण सुधार गर्न नेपाल सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन्।
विश्व बैंकले प्रकाशित गर्ने डुइङ विजेशन इन्डेक्समा नेपाल गत वर्षभन्दा १६ स्थान माथि उक्लिएको प्रसंग उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले आगामी वर्षको लक्ष्य ८० औँ स्थानमा पुग्ने गरी सुधार हुने दाबी समेत गरेका छन्।
‘सरकारका सबै अंगहरुले रातदिन काम गरिरहेका छन्, त्यसैले एकै वर्षमा ठूलो सफलता पाएका छाैँ। अब यो राकिँदैन,’ अर्थमन्त्री खतिवडाले भने।
विश्व बैंकको नेपाल च्याप्टरले डुइङ विजेशन रिपोर्टको विषयमा शुक्रबार गरेको छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले सन् २०२१ को रिपोर्टमा धेरै न राम्रो सुधार गर्ने बताए। ‘हामीले कानून निर्माणलाई जोड दिएका छाैँ भने सेवाग्राहीको सुविधालाई ध्यान दिएका छौँ,’ अर्थमन्त्री खतिवडाले भने।
गत वर्ष ११० औँ स्थानमा रहेको नेपाल यो वर्ष ९४ औँ स्थानमा उक्लेको छ। अघिल्लो वर्ष नेपाल १०५ बाट ११० औँ स्थानमा पुगेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएका थिए।
छलफल कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर कुमार ढुंगानाले सरकारले वार्षिक नीति तथा कार्यक्रममार्फत नै गत वर्षदेखि सुधारका काम थालेको र अहिले सफलता पाएको बताए।
नेपाल सरकारले देशमा लागनीमैत्री वातावरण सिर्जना गर्ने, लगानी र मुनाफा सुरक्षा गर्ने, कानून संशोधन गर्ने, संस्थागत र प्रक्रियागत सुधार गर्ने लगायत विषयमा दिएको निरन्तरताले नै सफलता पाएको बताए।
नेपाललले पछिल्लो समय घर जग्गा दर्ता, ऋण सूचना केन्द्र, जग्गाको स्वामित्व हस्तान्तरण, विद्युत सेवा जडान लगायत विषयमा सुधार गरेको सचिव ढुंगानाले बताए। नेपालले अझै धेरै विषयमा सुधार जारी राखेकाले सन् २०२१ को इन्डेक्समा धेरै माथि उक्लिने दाबी समेत सचिव ढुंगानाले गरे।
छलफलमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले डुइङ विजनेशन रिपोर्टको सुधारले निजी क्षेत्र उत्साहित भएको बताए। ‘विदेशी लगानीकर्ताको चासो नै इन्डेक्सहरुमा रहेको थियो। यो सुधारले धेरै विषयलाई सकारात्मक बनाएको छ,’ गोल्छाले भने।
नेपालले १० सूचकांमध्ये ५ वटामा सुधार गरेको छ। यस्तै तीन वटामा स्थान तल झरेको छ भने २ वटा सूचकमा स्थिर छन्। विश्वभरका लगानीकर्ताहरुले डुइङ विजनेशको रिपोर्ट अनुसार लगानी गर्ने गर्दछन्। नेपालको स्थिति सुधार हुनुलाई वैदेशिक लगानी भित्रिने वातावरणमा नयाँ कोशे ढुंगा बन्न सक्ने अनुमान गरिएको छ।
सन् २०१७ मा नेपाल १०७ स्थानमा रहेको थियो भने सन् २०१८ मा १०५ स्थानमा रहेको थियो। तर, गत वर्ष सन् २०१९ मा ११० स्थानमा पुगेको थियो। सन् २०२० मा भने १६ स्थान उक्लिएर ९४ औँ स्थानमा पुगेको छ।
विश्वका १ सय ९० देशका १० वटा सूचकमा विश्व बैंकले अध्ययन गरेर प्रत्येक वर्ष रिपोर्ट सार्वजनिक गर्दै आएको छ। १७ वर्ष अघिदेखि विश्व बैंकले रिपोर्ट सार्वजनिक गर्न थालेको हो। विगतमा १ सय ३३ देशको सूचक सार्वजनिक गरेता पनि अहिले १ सय ९० देश पुगेको छ।






